PahiloPost

Oct 16, 2025 | ३० असोज २०८२

टर्कीको आधिकारिक नाम ‘टर्किए’ राख्न राष्ट्र संघ सहमत



पहिलोपोस्ट

टर्कीको आधिकारिक नाम ‘टर्किए’ राख्न राष्ट्र संघ सहमत
File Photo: Omer Kuscu/AP

संयुक्त राष्ट्र संघले टर्की गणतन्त्रको संघमा उल्लेख नाम ‘टर्की’ बाट ‘टर्किए’ मा परिवर्तन गरेको छ। देशको नाम परिवर्तनका लागि अंकाराको अनुरोध पछि राष्ट्र संघले त्यसलाई स्वीकृत गरेको हो

राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले बुधवार महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन गरेको पत्र प्राप्त भएको र पत्रमा सबै मामिलामा ‘टर्की’को सट्टा ‘टर्किए’ प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिएका छन्।

पत्र प्राप्त भएदेखि नै देशको परिवर्तित नाम लागू भएको प्रवक्ताले बताए। विदेशमन्त्री काभुसोग्लुले मंगलवार संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई पत्र आधिकारिक रूपमा पठाइएको घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell