PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

फ्राइडे रिजिल : चार विदेशी फिल्म लाग्दा कबड्डी ४ को क्रेज कायमै



पहिलोपोस्ट

फ्राइडे रिजिल : चार विदेशी फिल्म लाग्दा कबड्डी ४ को क्रेज कायमै

काठमाडौं : नेपाली सिनेमा हलमा आजबाट चारवटा विदेशी फिल्म रिलिज भएका छन्। बहुप्रतिक्षित भनिएका बलिउड र हलिउडका फिल्म लाग्दा एक साता अघि प्रदर्शनमा आएको नेपाली फिल्म कबड्डी ४ पनि प्रदर्शनरत् छ।

आजबाट बलिउड अभिनेता अक्षयकुमार र मानुषी चिल्लरको 'पृथ्वीराज' सँगै कमल हसनको 'बिक्रम' सिनेमा हलमा प्रदर्शनमा आएका छन्। यस्तै, बलिउडकै 'मेजर' फिल्म पनि केही सिनेमा हलमा प्रदर्शन हुँदैछ।

हलिउडको बहुप्रतिक्षित फिल्म 'टप गन : मेभरिक' पनि आजबाटै प्रदर्शन भइरहेको छ। टम क्रुजको मुख्य भूमिका रहेको यस फिल्ममा मिल्स टेलेर, जेनिफर कोननेल लगायत कलाकारको अभिनय छ।

बलिउड र हलिउडका चर्चित कलाकारहरुको तीनवटा फिल्म प्रदर्शनमा आउँदा कबड्डी ४को क्रेज यथावत् छ। रेकर्ड ब्रेकिङ व्यापार गरिरहेको यस फिल्मले मल्टिप्लेक्समा राम्रै शो पाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell