PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

मकवानपुरबाट ५० किलो गाँजासहित भारतीय नागरिक पक्राउ 



पहिलोपोस्ट

मकवानपुरबाट ५० किलो गाँजासहित भारतीय नागरिक पक्राउ 

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा ५० किलोभन्दा बढी गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन्। बिहीवार साँझ विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ना २ ह १५०८ नम्बरको अटोमा ५० किलो ४०० ग्राम गाँजा फेला पारेको हो।

उपमहानगरको वडा नम्बर १ राप्तीरोडमा ३७ वर्षीय भारतीय नागरिक राजेश चौधरीले चलाउँदै गरेको अटोबाट लागू औषध फेला परेको हो। पक्राउ पर्ने व्यक्ति भारतको बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्दै आएका थिए।

प्रहरीले पक्राउ परेका चौधरीलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell