PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

वीरगंजको नगर कार्यपालिकामा कांग्रेस-जसपा गठबन्धनको प्यानल विजयी



पहिलोपोस्ट

वीरगंजको नगर कार्यपालिकामा कांग्रेस-जसपा गठबन्धनको प्यानल विजयी

वीरगंज : वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को प्यानल विजयी भएको छ। गठबन्धन दलका यी पार्टीबिचको पूर्व सहमति अनुसार शुक्रवार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा जसपा र कांग्रेसका ४/४ जना सदस्यहरु निर्वाचित भएका हुन्।

३२ वडा रहेको वीरगंज महानगरमा कुल १६२ जनप्रतिनिधि रहेका छन्। जसमा दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद (१०७ मत), जसपाका खैरुद्धिन मिया धोबी (१०८) र निरन्जन प्रसाद सोनार (११०) निर्वाचित भएका छन्।

नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनबाट एमालेका उम्मेदवार अजय कुमार गुप्ताले ४७, ओम प्रकाश साहले ४८ र राजकिशोर गुप्ताले पनि ४८ मत प्राप्त गरेका छन्।

५ महिला सदस्यमा पनि गठबन्धनबाट कांग्रेसकी कनिका कौशीक (१०९), नितु कुमारी राम (१११) र राधादेवी कार्की (१०९) तथा जसपाबाट कलावती देवी राजपुतिन (११३) र रबुल्सन खातुन (११४) विजयी भएका छन्।

एमालेकी अमरी देवी चमारले ४५, कान्ति देवीले ४५, मन्जु देवीले ४६ र संगीता देवीले ४६ तथा लोसपाकी पतिया देवीले ४३ मत मात्रै पाएकी छन्।

३ जना अनुपस्थित

कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा १ सय ६२ मतदाता मध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसपाबाट निर्वाचित ३ जना जनप्रतिनिधि, मकवानपुरमा शुक्रवार बिहान सवारी दुर्घटनामा परि घाइते भई अस्पतालमा उपचाररत रहेकाले मतदानमा सहभागी हुन नसकेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell