PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

नवनिर्वाचित जनप्रतिनिधिहरू लक्षित कुनै पनि कार्यक्रम आयोजना नगर्न आयोगको आग्रह



पहिलोपोस्ट

नवनिर्वाचित जनप्रतिनिधिहरू लक्षित कुनै पनि कार्यक्रम आयोजना नगर्न आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायत कार्यक्रमहरू आयोजना नगर्न नगराउन आग्रह गरेको छ। जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्म त्यसलाई प्रभावित गर्ने गरी कार्यक्रमहरू आयोजना नगर्न आयोगले आग्रह गरेको हो।

‘निर्वाचनको कार्यक्रम सुरु भैसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने र बिचमा रोक्न नमिल्ने भएकोले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि उक्त निर्वाचनलाई प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरू आयोजना नगर्न नगराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्पूर्ण राजनीतिक दल एवं अन्य सरोकारवालाहरूलाई आयोग हार्दिक आग्रह गर्दछ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था रहेको छ।

साथै, जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि आफ्नो कार्यक्षेत्र नछाड्न समेत सबै स्थानीय तहका जनप्रतिनिधिहरूलाई आयोगले आग्रह गरेको छ।

अहिले देशभर गाउँ कार्यपालिका तथा नगर कार्यपालिका सदस्यको निर्वाचन हुने क्रम जारी छ। यसपछि जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका, २०७८ को दफा (५) बमोजिमको अवधिभित्र हनेगरी यथाशिघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरूलाई निर्देशन गरिसकिएको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell