PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

हेटौँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा चालकको मृत्यु



रासस

हेटौँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा : पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ। आज दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा हेटौँडा-६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो।

एकदिन अघि पनि सोही ठाउँ नजिक ट्र्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर-८ का ३१ वर्षीय सन्दीप अर्यालको ज्यान गएको थियो। हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिँदा चालक अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell