PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

ओली र देउवापछि प्रचण्ड भेटे मेयर बालेनले, गरे एकले अर्काको प्रशंसा



पहिलोपोस्ट

ओली र देउवापछि प्रचण्ड भेटे मेयर बालेनले, गरे एकले अर्काको प्रशंसा

काठमाडौं : काठमाडौं महानगरका मेयर वालेन्द्र साह 'बालेन' ले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। शनिवार बिहानै प्रचण्ड निवास खुमालटार पुगेर बालेनले प्रचण्डसँग भेट गरेका हुन्।

भेटमा प्रचण्डले बालेनको प्रशंसा गरेको उनको सचिवालयले जनायो।

केही दिनअघिमात्र प्रचण्डले बालेनको जित माओवादीको जस्तै एजेन्डा भएकोले सम्भव भएको बताएका थिए। आजको भेटमा पनि प्रचण्डले बालेनको जित क्रान्ति भएको बताए। प्रचण्डले जनताको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताए।

यता बालेनले पनि अबको राजनीति कता मोड्ने भन्ने विषयमा मुख्य भूमिका प्रचण्डकै रहने बताए। केही दिनअघि बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए। त्यसअघि मतगणना भइरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell