PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जब नगर प्रहरीको सकिन्छ ड्युटी, काठमाडौं उपत्यकाको फुटपाथ यसरी जान्छ व्यापारीको कब्जामा

जब नगर प्रहरीको सकिन्छ ड्युटी, काठमाडौं उपत्यकाको फुटपाथ यसरी जान्छ व्यापारीको कब्जामा

पहिलोपोस्ट /पहिलोपोस्ट


राजधानीमा जब साँझ ढल्कँदै जान्छ, यात्रुको भीडको रफ्तार निरन्तर बढ्छ। तर नगर प्रहरीको ड्युटी त्यति नै बेला सकिन्छ। अनि फुटपाथमा व्यापारीको भव्य चहलपहल शुरु हुन्छ। साँझको बढ्दो सवारी चाप, यात्रुको भीड अनि फुटपाथ पसल। राजधानीका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्। फुटपाथमै जाम।

नगर प्रहरीले सडकमा व्यापार गर्दा खेदाउन थालेपछि धेरै व्यापारी बोकेरै व्यापार गर्दछन्। सडकमा झोला बोकेर, सिक्रि, लकेट र पालिसलगायत श्रृंगारको सामान बोकेर बेच्नेको पनि उस्तै लस्कर हुन्छ। फुटपाथ बजारका कारण सार्वजनिक यातायात्र पार्क गर्न र रोक्नसमेत कठिन हुने चालकहरु बताउँछन्।

दैनिक दुई तीन घण्टामात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका कथा पनि छन्। सटरमा व्यापार गर्नेहरुले पुराना र स्कट समान, बासी तरकारी बेच्न फुटपाथ ओर्लिंदा सडकमा सवारीसाधनको चाप बढ्दै गएको हो भन्न कन्जुस्याँई गर्नुहुँदैन। प्रायः साँझको बेला फुटपाथ अव्यवस्थित हुन्छ नै।

काठमाडौंको कलंकी, असन, इन्द्रचोक, लगनखेल,कोटेश्वर भक्तपुरका गल्लीमा असंख्य व्यापारी सडक व्यापारमा आश्रित छन्। नगरपालिकाले दैनिक गुजारा धान्न मुस्किल पर्ने शहरीया गरिबहरुको मर्काको कारण सडक व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पनि सकेको छैन। तर दिनभर भने सडक व्यापार प्रतिबन्धित छ। हरेक दिन साँझ ५ बजेपछि भने फुटपाथ बजार खुल्ला हुन्छ। -नेपाल न्युज एजेन्सी



ट्रेन्डिङ पोस्ट

Ncell