PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

८ रनमा अलआउट भएको नेपाल १० विकेटले पराजित



पहिलोपोस्ट

८ रनमा अलआउट भएको नेपाल १० विकेटले पराजित
Photo: CAN

काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपालले यूएईसँग पराजय ब्यहोरेको छ। मलेसियास्थित युकेएम वाइसडी स्टेडियममा सम्पन्न खेलमा यूएईले नेपाललाई १० विकेटले हराएको हो।

टस जितेर ब्याटीङमा उत्रिएको नेपाली टोलीले लज्जास्पद ब्याटिङ गर्दै ८.१ ओभरमा सबै विकेट गुमाउँदै ८ रनमा समेटिएको थियो। नेपालका लागि स्नेहा महराले ३ रन बनाउँदा मनीषा राना २ रनमा अविजित रहिन्। त्यस्तै किरण कुमारी कुवँर, आश्मा पुलामी मगर र अनु कडायतले समान १ रन जोडे।

नेपाललाई ८ रनमै समेट्न यूएईकी महिका गौरले ५ विकेट लिँदा इन्दुजा नन्दाकुमारले ३ तथा समाइरा धर्नीधर्काले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले १.१ ओभरमा बिना कुनै विकेट गमाइ लक्ष्य पुरा गर्‍यो। यूएईका लागि थिर्था सतिशले ४ रन बनाउँदा लावण्या केनीले ३ रन बनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell