PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

तनहुँमा ग्याँस पड्किँदा बालिकाको मृत्यु



पहिलोपोस्ट

तनहुँमा ग्याँस पड्किँदा बालिकाको मृत्यु

काठमाडौं : खाना पकाउने सिलिण्डर ग्याँस पड्किदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन्।

सिलिण्डर ग्याँसमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे  उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell