PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

अध्यक्ष दाहाल र गृहमन्त्री खाणबीच भेट, सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिने विषयमा पनि छलफल



पहिलोपोस्ट

अध्यक्ष दाहाल र गृहमन्त्री खाणबीच भेट, सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिने विषयमा पनि छलफल

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्।

अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिवार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटमा समसामयिक राजनीति, सङ्घीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्मा पेस गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो। भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको थियो।

सरकारले प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबिचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेको छ। त्यसबारे पनि छलफल भएको गएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell