PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

'सर्वजित' फिल्मको निर्माण गर्न पाँच महिनाको पारिश्रमिक सहयोग गर्ने पर्यटन मन्त्री आलेको घोषणा



पहिलोपोस्ट

'सर्वजित' फिल्मको निर्माण गर्न पाँच महिनाको पारिश्रमिक सहयोग गर्ने पर्यटन मन्त्री आलेको घोषणा

काठमाडौं : दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित ‘सर्वजित’ नामक चलचित्रको शुभ मुहुर्त गरिएको छ। १७औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा फिल्मको शुभ मुहुर्त गरिएको हो।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘सर्वजीत’ नामक चलचित्र निर्माणको निम्ति आफ्नो पाँच महिनाको पारिश्रमिक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

कार्यक्रममा पूर्वमन्त्रीद्वय मीन विश्वकर्मा र दलजीत श्रीपाइली, संविधानसभाका सदस्य परशुराम रम्तेल, सांसद राजेश विश्वकर्मा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुलगायतले दलित समुदायले भोग्दै आएको आर्थिक, सामाजिक र सांस्कृतिक समस्यालाई एकीकृत रुपमा समाधान गर्नुपर्नेमा जोड दिएका थिए। 

कार्यक्रममा दलित महिला केन्द्रले यस वर्षको ‘ईभा कसेल सामाजिक न्याय पुरस्कार’ संविधान सभाका सदस्य शम्भु हजारा पासवानलाई प्रदान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell