PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यारा खोज्दै भारतीय प्रहरी काठमाडौंमा आएकै हो?



पहिलोपोस्ट

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यारा खोज्दै भारतीय प्रहरी काठमाडौंमा आएकै हो?

काठमाडौं : पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको स्पेशल टोली काठमाडौं आएको भारतीय सञ्जार माध्यमले जनाएको छ। 'इन्डिया टुडे' लगायतका मिडियाले शुक्रवार भारतीय प्रहरीको स्पेशल टोली काठमाडौं आएको बताएको हो। तर,उनीहरु अहिले कहाँ छन् ? भन्ने कुरा खुलाइएको छैन।

तर, नेपाल प्रहरीले भने आधिकारिक रुपमा भने कुनै पनि भारतीय प्रहरी टोली नेपाल आएको भन्ने स्वीकार गरेको छैन।

गत आइतवार पञ्जावमा मुसेवालाको गोली हानेर हत्या भएको थियो। हत्या गरेपछि सुटर नेपाल भागेको भन्ने जानकारी आएपछि प्रहरी टोली काठमाडौं आएको भारतीय सञ्जार माध्यमले दाबी गरेको हो। मुसेवाला प्रकरणमा गोल्डी ब्रारले हत्याको जिम्मेवारी लिएका थिए। उनीहरुले गाङस्टर वियक्की मिड्डुखेराको हत्याको बदला लिएको बताएका छन्। अहिले भारतीय सञ्चारमाध्यमले मुसेवाला घटना ग्याङ्वार भएको संज्ञा दिइरहेका छन्।

नेपाल प्रहरीले पनि कतिपय घटनामा देशभित्र घटना गराएर भारत छिरेकाहरुलाई भारत पुगेर नेपाल ल्याएका धेरै घटना छन्। तर, यसलाई औपचारीक रुपमा कसैले खुलाउदैनन्।

२०७६ असारमा पनि भारतीय प्रहरी एउटा घटनाको अनुसन्धान गर्न भन्दै वर्दीमा नै प्रहरी नेपाल आएका थिए। यसरी आएका प्रहरी टोलीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो। पछि तीनजना भारतीय प्रहरीलाई नेपाल प्रहरीले भारतीय प्रहरीको जिम्मा लगाएको थियो। त्यसबेला अछाम प्रहरीले तीन जना भारतीय प्रहरीलाई नियन्त्रण लिएको थियो। भारतको छत्तीसगढ प्रहरी कार्यालयका प्रहरी महानिरीक्षक कार्यालयमा बिलासपरमा कार्यरत सइ अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेलकालाई अछाममा आएका थिए।

गृह मन्त्रालयको आदेश अनुसार उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाइएको थियो। उनीहरु अनुमति नलिई एक बालिका र युवकलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको थियो। भारतको कोरबा छत्तिसगढ शान्तिनगर वडा नम्बर ७ भारत बस्ने ३८ वर्षीया उर्मिला राठौरकी १५ वर्षीया छोरी काजल राठोर हराएकी थिइन्। हराएको ७ दिनपछि अप्रिल ८, २०१९ मा उर्मिलाले दीपिका थान कोरबार छत्तीसगढमा बालिका हराएको भन्दै उजुरी दर्ता गराएकी थिइन्। उजुरीमा बालिका अछामका केशव सोनीले भगाइ लगेको उल्लेख गरिएको प्रहरीको अनुसन्धनमा देखिएको थियो। १९ वर्षीय केशव केही समयदेखि भारतमा काम गर्दै आएका थिए।

त्यस्तै अन्य ठूला घटनामा पनि भारतीय प्रहरी सुटुक्क नेपाल आउने गरेका घटनाहरु छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell