PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

करणी गरेको अभियोगमा काठमाडौंबाट एक किशोर समातिए



पहिलोपोस्ट

करणी गरेको अभियोगमा काठमाडौंबाट एक किशोर समातिए

काठमाडौंः जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ।

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-१ हात्तीसारस्थित रेष्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई सोही रेष्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने प्राप्त प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell