PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

सर्वनाम शिक्षालय यौन दुर्व्यवहार प्रकरणः फरार रहेका आरोपी वार्डेन रामेछापबाट पक्राउ



पहिलोपोस्ट

सर्वनाम शिक्षालय यौन दुर्व्यवहार प्रकरणः फरार रहेका आरोपी वार्डेन रामेछापबाट पक्राउ

काठमाडौं: बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फरार रहेका  सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन्।

काठमाडौं प्रहरीले अभियुक्तलाई रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले जोरपाटीस्थित सर्वनाम शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटीलाई पनि सोधपुछको लागि नियन्त्रणमा लिएको हो। वार्डेनले  होस्टलमा बस्ने बालिकाको संवेदनशील अंग छुने, अश्लील प्रकारका भिडिओ देखाउने गरेको आरोप लागेपछि प्रहरीले आज दिउँसो वार्डेनलाई खोजी गरेको थियो। प्रहरीले सोधपुछको लागि प्रिन्सिपललाई पनि नियन्त्रणमा लिएको हो।

पीडितका आफन्तले उजुरी गरेपछि महानगरीय प्रहरी वृत बौद्धको टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ १० गते चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। पीडित छात्राले जाहेरी दिएपछि जनार्दन अधिकारीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। काभ्रे घरका अधिकारी कलेजका कोअर्डिनेटर हुन्। यही प्रकरणमा अर्का एक शिक्षक पनि समातिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell