PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

ओलीको आलोचना गरेको भन्‍दै घनश्याम भुसाललाई कारबाही सिफारिस



पहिलोपोस्ट

ओलीको आलोचना गरेको भन्‍दै घनश्याम भुसाललाई कारबाही सिफारिस

काठमाडौंः नेकपा (एमाले) को अनुशासन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता घनश्याम भुसाललाई कारबाही सिफारिस गरेको छ। एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भुसालले अध्यक्ष ओलीको आलोचना गरेको भन्दै कारबाही सिफारिस गरिएको हो। आयोगले केन्द्रीय कमिटीलाई कारबाही प्रक्रियाका लागि सिफारिस गरेको हो। 

आयोगको जेठ १८ गतेको बैठकले कारबाही सिफारिस गरेको एमाले अनुशासन आयोग अध्यक्ष केशव बडालले जानकारी दिए। सिफारिस अब केन्द्रीय कमिटीमा जानेछ। केन्द्रीय कमिटीले सिफारिस अनुमोदन गरेमा स्पष्टीकरणको प्रक्रिया अघि बढ्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell