PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

इङ्ग्ल्याण्ड हंगेरीसँग पराजित, जर्मनी र इटली बराबरीमा रोकिए



पहिलोपोस्ट

इङ्ग्ल्याण्ड हंगेरीसँग पराजित, जर्मनी र इटली बराबरीमा रोकिए
Getty Images

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड हंगेरीसँग पराजित भएको छ। हंगेरीस्थित पुस्कस एरेनामा सम्पन्न खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई १-० गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६६ औं मिनेटमा हंगेरीले अग्रता बनाएको थियो। हंगेरीका लागि डोमिनिक सोबोस्लाइले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। इङ्ग्ल्याण्डका रीस जेम्सले हंगेरीका ज्सोल्ट नेगीलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरमा उनले गरेको गोल नै हंगेरीको जितका लागि निर्णायक बन्यो।

गएराति नै सम्पन्न समूह 'सी' कै अर्को खेलमा इटली र जर्मनी बराबरीमा रोकिए।

इटलीस्थित स्टेडियो रेनाटो डलेरामा सम्पन्न खेलमा इटली र जर्मनी १-१ गोलको बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा इटलीले अग्रता बनाएको थियो। इटलीका लागि लोरेन्जो पेल्लेग्रिनीले ७० औं मिनेटमा अग्रता बनाएका थिए। तर, त्यसको ३ मिनेट नबित्दै जर्मनीका जोसुवा किममिचले गोलगर्दै खेल बराबरीमा ल्याए। र, दुबै टोलीले अंक बाँड्न पुगे।

योसँगै समुह 'सी' मा पहिलो चरणको खेल सकिँदा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा छ भने समान १/१ अंक जोडेका जर्मनी र इटली दोस्रो र तेस्रो स्थानमा छन्। पहिलो खेलमै पराजय ब्यहोरेको इङ्ग्ल्याण्ड तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell