PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मधेश प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै



पहिलोपोस्ट

मधेश प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाइएको छ। शनिवार बसेको मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठकमा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो।

यस्तै, मधेश प्रदेश सरकारले आगामी आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्ने र त्यसको तयारी भइरहेको प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell