PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

सार्वजनिक विदाको दिन सरकारी सवारीसाधन चलाउन पास लिनुपर्ने



पहिलोपोस्ट

सार्वजनिक विदाको दिन सरकारी सवारीसाधन चलाउन पास लिनुपर्ने
फाइल फोटो

काठमाडौं : सार्वजनिक बिदाको दिन सरकारी सवारी गुडाउन पास लिनु पर्ने भएको छ। गृह मन्त्रालयले अनुमति लिएर मात्रै सवारी गुडाउन निर्देशन दिएको हो।

सरकारले अहिले परीक्षणका लागि हप्तामा २ दिन (शनिवार र आइतवार) बिदा लागू गरेको छ। यस्तै इन्धन जोगाउन भन्दै सरकारी कर्मचारी तथा मन्त्रीले पाउन तेल सुविधा पनि कटाईएको छ।

यस्तो अवस्थामा विदाका दिन गाडी चलाउन केन्द्रमा सवारी पास लिनका लागि मन्त्रालय आयोग प्रतिष्ठान वा अन्य निकायको हकमा सम्बन्धित निकायको सचिवले पास जारी गर्नेछन्। प्रदेशस्तरमा प्रदेश सरकारका सचिवस्तरको निर्णयबाट माग गरि प्रमुख सचिवले संलग्न ढाँचा बमोजिम जारी गर्ने गृह मन्त्रालयले जनाएको छ।

यस्तै जिल्ला तहमा कार्यालय प्रमुखको निर्णयले माग गरि प्रमुख जिल्ला अधिकारीले पास जारी गर्न सक्नेछन्।

इन्धन खपत कम गर्न भन्दै सार्वजनिक बिदाका दिन सवारी नचलाउने निर्णय गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell