
काठमाडौं : गाईको बाछो काटेर मासु बेचिरहेको अवस्थामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ८ बोडे स्थित वडा कार्यालयको भवन नजिकबाट एक युवकलाई नियन्त्रणमा लिएको हो। दोलखा घर भएका ३८ वर्षीय निमा मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
करिब २० केजी गाईको बाछोको काटेको मासु समेत नियन्त्रणमा लिएको परिसरका डीएसपी राजु पाण्डेले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।