PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बंगलादेशमा एक कन्टेनर डिपोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३२ पुग्यो



पहिलोपोस्ट

बंगलादेशमा एक कन्टेनर डिपोमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३२ पुग्यो
Photo: Mohammad Minhaj Uddin/TBS

बंगलादेशको चट्टोग्रामस्थित सीताकुण्डमा रहेको कन्टेनर डिपोमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। आगलागीमा घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको बीडी न्युजले उल्लेख गरेको छ।

शनिवार राति करिब ९:३० बजे कादमर्सुल क्षेत्रमा रहेको बीएम कन्टेनर डिपोमा आगलागी भएको हो। चट्टोग्रामका अग्नि नियन्त्रकहरुले आगो नियन्त्रणमा लिन नसकेपछि फेनी, नोआखली र कुमिल्लाबाट बिहान करिब ३:३० बजे थप अग्नि नियन्त्रकहरुको टोली बोलाइएको थियो।

बिहान ११:१५ बजेसम्म ३२ जनाको शव चट्टोग्राम मेडिकल कलेज अस्पतालको शवगृहमा ल्याइएको अस्पतालस्थित प्रहरी चौकीका एएसआई अलाउद्दीन तालुकदारले बताए।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ। जसमा कुमिरा फायर स्टेसनका नर्सिङ परिचर ३२ वर्षीय मोहम्मद मोनिरुज्जमान, २४ वर्षीय मोमिनुल हक, २४ वर्षीय मोहिउद्दीन, २६ वर्षीय हबिबुर रहमान र १९ वर्षीय रबिउल आलम रहेका छन्। मृतकमध्ये मोहिउद्दीनको पार्क भ्यू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये पाँचजना दमकल कर्मचारी रहेको दमकल तथा नागरिक रक्षा मुख्यालयको मिडिया सेलका उपसहायक निर्देशक शाहजहान सिकदरले जानकारी दिए। उनीहरु आगो निभाउन पुगेको पहिलो टोलीका हिस्सा थिए। जसमा मोनिरुज्जमान पनि थिए।

आइतवार बिहान आगो नियन्त्रणमा आए पनि बारम्बार विस्फोट भइरहँदा फेरि आगो फैलिएको चट्टोग्राम डिभिजनल फायर सर्भिसका उपनिर्देशक अनिसुर रहमानले बताए।

विष्फोटपछि धुवाँसँगै विषाक्त ग्यास फैलिएको उपचारका लागि चटगाउँ मेडिकल कलेज अस्पताल पुगेकाहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell