PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

फ्रेण्ड्स क्लबलाई ३–० गोलले हराउँदै एपीएफ विजयी



पहिलोपोस्ट

फ्रेण्ड्स क्लबलाई ३–० गोलले हराउँदै एपीएफ विजयी

हेटौंडा: हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ।

फ्रेण्ड्स क्लबलाई ३–० गोलले पाखा लगाउँदै एपीएपफ क्लब विजयी भएको हो। जितको लागि एपीएफको तर्फबाट खेलको पहिलो हाफमा नविन लामाले गोल गर्दा दोस्रो हाफमा सविन गुरुङ र रबि थिङले गोल गरे। लामाले २९ औं मिनेटमा गोल गर्दा गुरुङले ७६ ‍ औं मिनेटमा र तेस्रो गोल मकवानपुरे खेलाडी थिङले अन्तिम मिनेटमा गोल गरे।

खेलको म्यान अफ द म्याच एपीएफ क्लवका प्रदिप लामा घोषित भए। उनले नगद दश हजार प्राप्त गरे। शनिबार दिउँसोको भारी बर्षाका कारण स्थगित भएको खेल अहिले भइरहेको हो।

यसैगरी आज आइतबार अपरान्ह् भने नेपाल पुलिस क्लब र खुमलटार युवा क्लबबीच खेल हुनेछ। यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लबको सहभागिता रहेको छ। प्रतियोगितालाई जिल्लाको १० वटै पालिकाले आर्थिक सहयोग गरेको छ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell