PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

वीरगंज महानगरमा आज दिउँसो ३ बजेदेखि दुई घण्टासम्म विद्युत अवरुद्ध हुने



पहिलोपोस्ट

वीरगंज महानगरमा आज दिउँसो ३ बजेदेखि दुई घण्टासम्म विद्युत अवरुद्ध हुने

वीरगंज : वीरगंज महानगरपालिकामा आज दिउँसो ३ बजे विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजस्थित सब स्टेशनमा मर्मत कार्य गर्नुपर्ने भएकोले आइतवार साँझ ५ बजेसम्म विद्युत काटिने भएको हो।

सबस्टेसनबाट  प्रशारण भएको सम्पूर्ण ११ केभी फिडरहरुबाट सञ्चालन हुने सम्पूर्ण क्षेत्रमा आज दुई घण्टाको लागि विद्युत अवरुद्ध हुने जनाएको वितरण केन्द्र वीरगंजका प्रमुख जितेन्द्रकुमार झाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell