PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

सुदूरपश्चिमलाई देशकै धनी प्रदेश कसरी बनाउने ? प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव



पहिलोपोस्ट

सुदूरपश्चिमलाई देशकै धनी प्रदेश कसरी बनाउने ? प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले मानव संशाधनको विकास र लगानीको सुरक्षा गर्न सके सुदूरपश्चिम प्रदेशलाई मुलुकको सबैभन्दा धनी प्रदेश बनाउन सकिने बताए। देउवाले भारतसँग महाकाली पारी दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने सहमति भएको उल्लेख गर्दै त्यसले पनि सुदूरपश्चिम प्रदेशको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। सो बन्दरगाहले सिधैं भारतको मुम्बईसँग सुदूरपश्चिमलाई जोडने र त्यसले सुदूरपश्चिम प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाई थियो। 

प्रधानमन्त्री देउवाले भने, 'अब यो सुदूरपश्चिममा ड्राई पोर्ट बनाउने भारत सरकारसँग सहमति भएको छ। महाकाली पारी दोधारा चाँदनीमा ड्राईपोर्ट भएको खण्डमा सिधैं सुदूरपश्चिम प्रदेश भारतको बम्बई (मुम्बई)सँग कनेक्ट हुनेछ। सिधैं बम्बईबाट मालसामान ल्याउन सकिनेछ। यसले त्यहाँको विकासमा सघाउ पुग्ने मैले विश्वास लिएको छु। भौगोलिक विकटता र लगानीको सुरक्षा नभएका कारण यस प्रदेशको विकास नभएको हो। अब लगानीको सुरक्षा हुन सकेको खण्डमा यो प्रदेशलाई सबैभन्दा धनी प्रदेश बनाउन सकिन्छ। पछि परेको यो प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध छ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि महाकाली नदी, पश्चिम सेती जलविद्युत परियोजनाको विकासमा विशेष ध्यान दिनुपर्ने जरुरी रहेको पनि बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell