PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता !



पहिलोपोस्ट

एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता !

काठमाडौं : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतवार बसेको सचिवालयको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका हुन्। 

'६ महिनाका लागि मन्त्री हुनुभएको हो। आठ महिना भइसक्यो सबै टिम फेर्ने निर्णय भयो,'उनले भने।

नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री विरोध खतिवडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ छन्। आजको बैठकले उनीहरु सबैलाई फिर्ता बोलाउने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell