PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

८ दिन अघि नै नेपालमा भित्रियो मनसुन



पहिलोपोस्ट

८ दिन अघि नै नेपालमा भित्रियो मनसुन

काठमाडौं : प्रदेश १ बाट यस वर्षको मनसुन आगमन भएको छ। मौसम पूर्वानुमान महाशाखाले एक विज्ञप्ती जारी गर्दै यस वर्ष मनसुन सरकार मिति भन्दा अगाडि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको जनाएको हो।

साधरणतयनेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ। देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ। जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ।   

विभागले नेपालका अन्य प्रदेशमा केहीदिनमा नै मनसुन प्रवेश गर्ने पूर्वानुमान गरेको छ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ। उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell