
काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नाम प्रस्ताव गरको छ। प्रधानमन्त्री शेर बहादुर देउवालाई यसअघिका मन्त्रीहरुलाई फिर्ता बोलाएको र नयाँ मन्त्रीहरुको नाम बुझाइएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।
नयाँ मन्त्रीको सूचीमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्ख्या, मेटमणि चौधरी शहरी विकास र हिरा केसी स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस भएका छन्।
यसअघि आजै बसेको एकीकृत समाजवादीको सचिवालयको बैठकले समाजवादीका मन्त्रीहरुई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। एकीकृत समाजवादीका नेता झलनाथ खनालले आइतवार बसेको सचिवालयको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका हुन्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले,शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको हो। स्वास्थ्य राज्य मन्त्री रहेका खापुङले यसपाले भने स्वस्थ्य मन्त्रीकै जिम्मेवारी पाएका हुन्। ६ महिनाका लागि पार्टीका तर्फबाट मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ मन्त्री बनाइएको खनालको भनाइ छ।