PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

ओलीको टिप्पणी : पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुगेको छ



पहिलोपोस्ट

ओलीको टिप्पणी : पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा सरकार पुगेको छ
फाइल फोटो।

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही ज्ञान छ कि छैन? भन्दै सरकारलाई प्रश्न समेत गरे।

विश्व वातावरण दिवसको अवसर पारेर आइतवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताए।

उनले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरुसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पनि स्मरण गराए। तर, त्यो सन् २०२० मा कोभिडका कारण  अघि बढन नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो।

वातावरणीय संरक्षणको प्रश्नमा नेपालको भूमिका महत्वपूर्ण रहेकोतर्फ पनि विश्व नेताहरुको ओलीले ध्यानाकर्षण गराए।

उनले भने, ‘हिमालको क्लाईमेट भनेको हाम्रो लागि हैन, हाम्रो निम्ति मात्रै होइन। यो विश्वका लागि हो। त्यसकारण विश्वले यसमा बुझ्नु पर्दछ भनेर मैले इन्टरनेशनल फोरममा, यूएनका जिम्मेवार व्यक्तिहरुसँगको भेटमा सबै ठाउँमा यसलाई उठाएको छु। र, यसै प्रयोजनका लागि हामीले सन् २०२० मा अहिलेभन्दा २ वर्ष अगाडि हामीले सगरमाथा संवाद आयोजना गर्न खोजेका थियौँ। एभरेष्ट डाइलग भनेर हामीले आयोजना गर्न खोजेका थियौँ। तर, त्यो कोभिड-१९ का कारणले डिष्टर्व भयो। र गएको सेप्टेम्बरम हामीले आयोजना गर्नका लागि तय गरिएको थियो, अनफरचुनेटली हामी जुलाईतिरै गयौँ होला। हामी सरकारबाट हटेपछि कसले कसले सोच्ने वातावरण, कसले सोच्ने अरु। पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को, वातावरण के को के? त्यो सबै टुंगियो कुरा।’

अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि बनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्व नेताहरुले नेपालको हिमालबारे चर्चा गर्नु अति जरुरी रहेको तर्क गरे। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell