PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कुरा, नयाँ सवारीसाधन खरिदमा भने अङ्कुश (पूर्ण पाठ)



पहिलोपोस्ट

सुदूरपश्चिमको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कुरा, नयाँ सवारीसाधन खरिदमा भने अङ्कुश (पूर्ण पाठ)

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ।

आइतवार सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन्। सरकारले अधिकांश पुरानै कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

सडक, पूर्वाधार, कृषि, शिक्षा तथा स्वास्थ्यमा सरकारले पुरानै कार्यक्रमलाई प्राथमिकीकरण गरेको छ। स्वास्थ्यतर्फ मिर्गौला पीडितले सुदूरपश्चिम बाहिर डायलासिसका लागि खेप्नुपरिरहेको अवस्थामा अब डोटी जिल्ला अस्पतालमा समेत डायलासिस गराउन पाउने गरी भौतिक पूर्वाधार तयार पारिने प्रदेश सरकारको प्राथमिकतामा परेको छ।

अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिस सेवा सञ्चालनमा छ। तर, सो समेत प्रभावकारी रूपमा सेवा प्रवाहमा नियमित सञ्चालन हुन सकेको छैन। महाकाली र टीकापुर अस्पतालमा समेत डायलासिस सेवा सञ्चालन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

लामो समयदेखि प्राथमिकतामा पर्ने तर कार्यान्वयन नहुने सुदूरपश्चिमको स्थायी राजधानी तोकिएको गोदावरी क्षेत्रमा संरचना निर्माणका लागि जग्गाको भोगाधिकार अहिलेसम्म प्राप्त हुन सकेको छैन। भोगाधिकार प्राप्तिका लागि पहल गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

आगामी आर्थिक वर्ष अति आवश्यक बाहेक नयाँ सवारीसाधन खरिदमा भने अङ्कुश लगाइएको छ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell