PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

तिब्बतको वैदेशिक व्यापार १० प्रतिशतले बृद्धि, ठूलो हिस्सा नेपालसँग



पहिलोपोस्ट

तिब्बतको वैदेशिक व्यापार १० प्रतिशतले बृद्धि, ठूलो हिस्सा नेपालसँग
फोटोः फाइल

काठमाडौं: चीनको स्वाशासित क्षेत्र तिब्बतको वैदेशिक व्यापार १० प्रतिशतले बढेको छ। जसको प्रमुख हिस्सा नेपाल रहेको छ। २०२२ को पहिलो चौमासिकमा गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको चाइना डेलीले जनाएको छ। 

यस वर्षको पहिलो तीन महिनामा तिब्बतको आयात निर्यात १.३ बिलियन युआन (१७७ मिलियन डलर) बराबर रहेको समाचारमा उल्लेख छ। 

यस अवधिमा तिब्बतले ८६ देशसँग व्यापार गरेको छ। जसमध्ये एक्लै नेपालसँग ३९९ मिलियन युआन बरबरको व्यापार गरेको छ। जुन चीनले नेपालसँग गरेको कुल व्यापारको १३ प्रतिशत हो। 

जसमध्ये निजी क्षेत्रबाट सबैभन्दा बढी व्यापार भएको छ। सो अनुपात १.१ बिलियन युआन पुगेको छ। जुन कूल व्यापारको ९७ प्रतिशत हो। 

कोभिड-१९ बाट प्रभावित व्यापार पछिल्लो समय सहज बन्दै गएको छ। अझै पनि नेपालसँगको सीमा व्यापार नाका पूर्ण सञ्चालनमा आइसकेको छैन। पछिल्लो समय सहजता बढ्दै जाँदा व्यापारसमेत बढ्दै जाने उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell