PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

खुमलटार क्लबलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको अन्तिम आठमा प्रवेश



पहिलोपोस्ट

खुमलटार क्लबलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको अन्तिम आठमा प्रवेश

हेटौंडाः नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ।

ए डिभिजनमा नवप्रवेशी टोली खुमलटार युवा क्लबमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै पुलिस अघिल्लो चरणमा पुगेको हो।

पुलिसको जितमा अभिषेक रिजाल र भरत शाहले गोल गरे। रिजालले खेलको दोस्रो मिनेट र शाहले २३औं मिनेटमा गोल गरेका थिए। खुमलटारका लागि अजित लामाले ८५औं मिनेटमा गोल गरेका थिए।

खेलको म्यान अफ दि म्याच खुमलटारका दिवस छन्त्याल घोषित भए। पुलिसले अब मनाङ मर्स्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell