PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा



पहिलोपोस्ट

युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा
Photo: FIFA

युक्रेनमाथि संघर्षपूर्ण जित निकाल्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ। वेल्सस्थित कार्डिफ सिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले युक्रेनलाई १-० गोलअन्तरले हराउँदै विश्वकपका लागि छनोट भएको हो।

वेल्सको जितमा युक्रेनका कप्तान एन्ड्री यारमोलेन्कोको आत्मघाती गोल निर्णायक रह्यो। खेलको ३४ औं मिनेटमा वेल्सका कप्तान ग्यारिथ बेलले प्रहार गरेको फ्रिकिक हेडिङमार्फत क्लियर गर्ने क्रममा यारमोलेन्कोले आफ्नै पोस्टमा गोल हान्न पुगेका थिए।

पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेन संकटमा छ। गएरातिको खेलमा एक सय भन्दा बढी युक्रेनी शरणार्थीहरु युक्रेनलाई समर्थन गर्न स्टेडियममा पुगेका थिए।

अर्कोतर्फ सन् १९५८ पनि पहिलो पटक वेल्सले विश्वकपमा स्थान बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell