PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एकीकृत समाजवादीका तीन मन्त्रीले किन चाहे अझै सरकारमै रहन?



पहिलोपोस्ट

एकीकृत समाजवादीका तीन मन्त्रीले किन चाहे अझै सरकारमै रहन?

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो दलबाट मन्त्री बनेकाहरुलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरिसकेको छ। यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरिसकेका छन्।

तर एकीकृत समाजवादीकै तीन मन्त्री भने अहिले नै सरकारबाट बिदा हुने पक्षमा देखिँदैनन्। स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठले आफूहरूले राम्रो काम गरेकाले अहिले नै पदबाट नहटाउन पार्टी अध्यक्ष माधव नेपाललाई अनुरोधसमेत गरेको बताइएको छ। तर पार्टीको बैठकपछि नेपालले सोमवार नै सबै मन्त्रीलाई ६ महिनाको लागि सरकारमा पठाएको बताएका थिए।

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुवरलाई श्रम, भवानी खापुङलाई स्वाथ्य, मेटमणि चौधरी शहरी विकास र हिरा केसी स्वास्थ्य राज्यमन्त्रीका लागि प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिएको छ। सरकारमै रहन चाहने मन्त्रीहरुले बखेडा निकाले पार्टीले फरक निर्णय गर्छ कि भन्ने विषय समेत अहिले चर्चाको विषय छ।

यद्यपि पार्टी निर्णयबाट पछि नहट्नै एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले दाबी गरे। बजेटका समयमा आफूले ल्याएका कार्यक्रमको जवाफ दिएर बिदा हुन पाए राम्रो हुने थियो भन्ने धारणा मन्त्रीहरुको रहेको तुलाधरको भनाई छ।

'बजेटको बेलामा नहटाइदिए हुन्थ्यो भन्ने हो उहाँरुको धारणा। आफूले ल्याएको कार्यक्रममा जवाफ दिन पाए हुन्थ्यो भन्ने रहेछ,' तुलाधरले भने, 'तर पार्टीले निर्णय गरिसकेकाले पुनर्विचार हुन्न। ६ महिनाका लागि नै भनेर मेन्टली प्रिपिएर भएर जानु भएको हो। त्यसैले पनि निर्णय भइसकेकाले यसमा फेरबदल हुन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell