PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपालगञ्जको क्यासिनोबाट सातजना नेपाली पक्राउ



पहिलोपोस्ट

नेपालगञ्जको क्यासिनोबाट सातजना नेपाली पक्राउ

काठमाडौं : बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र संचालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन्।

न्यौपानेले क्यासिनोभित्र प्रवेश गरि धम्क्याउने गरेको उजुरी आएकाले उनीहरूलाई पक्राउ गरिएको उल्लेख गरे। नेपालमा संचालित क्यासिनोमा विदेशी नागरिकलाई मात्रै प्रवेश दिइन्छ। नेपालीलाई भने प्रवेश निषेध गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell