PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

३७ लाख रुपैयाँ हुन्डीको रकमसहित एक पुरुष समातिए



पहिलोपोस्ट

३७ लाख रुपैयाँ हुन्डीको रकमसहित एक पुरुष समातिए

काठमाडौं : हुन्डी कारोबार गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बारा पचरौता नगरपालिका घर भएका ५४ वर्षीय जयकमल साह कलवारलाई नियन्त्रणमा लिएको हो। उनले काठमाडौंको टंकेश्वर कालिमाटीमा हुन्डीको कारोबार गरेको प्रहरीले सूचना पाएपछि नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

अभियुक्त साहको साथबाट प्रहरीले १७ लाख ६६ हजार नेपाली रुपैयाँ र भारतीय १२ लाख ८ हजार रुपैयाँ गरेर जम्मा ३७ लाख रुपैयाँ बरामद गरेको जानकारी दिएको छ। घटनाको थप अनुसन्धान गर्न प्रहरीले साहलाई राजस्व अनुसन्धान विभाग बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell