PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

यूएईसँग लज्जास्पद हारपछि नेपालको पुनरागमन, भुटानमाथि ४ विकेटको जित



पहिलोपोस्ट

यूएईसँग लज्जास्पद हारपछि नेपालको पुनरागमन, भुटानमाथि ४ विकेटको जित

काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले भुटानलाई हराएको छ। मलेसियाको क्वालालमपुरस्थित किनरारा ओभलमा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो। भुटानका लागि कप्तान नवाङ छोदेन र सङ्गे ए वाङमोले समान ११ रन बनाउँदा पेमा याङ्छेनले ९, इमा छोमसेलले ७, छदो ओमले ६ तथा सोनमले ५ रन बनाइन्। बलिङतर्फ नेपालकी अनु कडायत, मनिषाकुमारी उपाध्याय र कृतिका मरासिनीले समान २ विकेट लिँदा स्नेहा महराले १ विकेट लिइन्।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १३.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। नेपालका लागि सञ्जु राजबंशीले सर्वाधिक अविजित ३० रन बनाउँदा सना प्रवीणले १२ रन बनाइन्। त्यस्तै शृष्टी जैशीले ८ रन बनाउँदा आश्मा पुलामी मगरले ३ तथा एलिसा कुमारी यादव, कृतिका मरासिनी र किरणकुमारी कुवरले समान २ रन बनाए। भुटानका लागि सांगेए वाङमोले सर्वाधिक ३ विकेट लिँदा अञ्जुली घले र सोनमले समान १ विकेट लिए।

यसअघिको खेलमा यूएईसँग ८ रनमा अलआउट भएर १० विकेटको हार ब्यहोरेको नेपालले उत्कृष्ट पुनरागमन गरेको हो। पहिलो खेलमा नेपालले कतारमाथि जित निकालेको थियो। नेपालले बुधवार थाइल्याण्ड र शुक्रवार मलेसियासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell