PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

फर्पिङको जंगलमा दुई जनाको शव फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी



पहिलोपोस्ट

फर्पिङको जंगलमा दुई जनाको शव फेला, घटनाको अनुसन्धान गर्दै प्रहरी
प्रतीकात्मक फाइल फोटो।

काठमाडौः फर्पिङको जंगलमा एक युवक र युवती मृत अवस्थामा भेटिएका छन्।

जंगलभित्र दुईवटा शव भेटिएपछि अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

'केही समय अगाडि शव भेटिएको खबर आएकाले हाम्रो टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ,' एसपी मैनालीले भने।

शवको सनाखत हुन सकेको छैन। घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको छ। घटनास्थल नजिकै बट्टा समेत फेला परेको छ। प्रहरीले बिषको बट्टा हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell