PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सलमान र सलिम खानलाई ज्यान मार्ने धम्की, चिठीमा चेतावनी : मुसेवाला जस्तो हालत होला



पहिलोपोस्ट

सलमान र सलिम खानलाई ज्यान मार्ने धम्की, चिठीमा चेतावनी : मुसेवाला जस्तो हालत होला

भारतीय अभिनेता सलमान खान र उनका बुवा सलिम खानालाई ज्यान मार्ने धम्की मिलेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। धम्कीपछि दुवैजनाको सुरक्षा बढाइएको छ।

सोमवार मुम्बई क्राइम ब्रान्चको एक टोली सलमानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’ पनि पुगेको थियो। त्यहाँ पुगेर उनीहरुले धम्कीबारे सोधपुछ गरेका थिए। ५ जुनमा सलमान र सलिमलाई धम्कीपूर्ण चिठी पठाइएको थियो। सलमान मर्निङ वाक जाने ठाउँमा उक्त चिठी भेटिएको थियो। जसमा सलमान र सलिमलाई उनीहरुको अवस्था केही दिन अघि हत्या गरिएका पंजाबी गायक सिद्धू मुसेवाला जस्तो हुने चेतावनी दिइएको थियो।

सलमानलाई लरेन्स विश्नोइ ग्यांगले धम्की दिएको हुन सक्ने प्रहरीको अनुमान छ। मुसेवालाको हत्यापछि नै सलमानको सुरक्षा बढाइएको थियो। किन भने मुसेवालाको हत्यामा पनि विश्नोइ ग्यांगको संलग्नता रहेको अनुमान गरिएको छ। सन् २००८ मा पनि कालो हरिण मारेको घटनामा विश्नोइले सलमानलई मार्ने धम्की दिएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell