PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

आइतबार बिदा दिने निर्णय सरकारले लियो फिर्ता



पहिलोपोस्ट

आइतबार बिदा दिने निर्णय सरकारले लियो फिर्ता

काठमाडौं : सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने गरेको निर्णय फिर्ता लिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको हो।

सरकारले यही जेठ १ गतेदेखि शनिवारसँगै आइतवार पनि बिदा दिने निर्णय गरेको थियो। दुई दिन सार्वजनिक बिदा तत्कालका लागि परीक्षणका रुपमा लागू गरिएको थियो। तर, दुई दिन बिदा व्यवहारिक नभएको भन्दै फिर्ता लिनुपर्ने दबाब बढिरहेको थियो। यसबिच, आज सर्वोच्च अदालतमा दुई दिन बिदा दिने निर्णय खारेज हुनुपर्ने माग सहित रिट परेको थियो।

सरकारको निर्णयसँगै अब असारबाट आइतवार सार्वजनिक बिदा नहुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell