251.jpg)
काठमाडौंः सरकारले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अनिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी उत्तमराज सुवदी,अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई बढुवा गरेको हो।
१० दिनअघि गृहमन्त्रालयको बढुवा समितिले डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको थियो। त्यस्तै, दोस्रमा अरुण बीसी र तेस्रोमा दिवेश लोहनी छन्। उनीहरु प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहका ब्याची हुन्।