PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

फर्पिङको जंगलमा मृत भेटिएका युवा युवतीको सनाखत हुन सकेन, घटनास्थलमा भेटियो बिषको बट्टा र फेन्टाको बोतल



पहिलोपोस्ट

फर्पिङको जंगलमा मृत भेटिएका युवा युवतीको सनाखत हुन सकेन, घटनास्थलमा भेटियो बिषको बट्टा र फेन्टाको बोतल
फाइल फोटो

काठमाडौंः फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका एक युवक र युवतीको सानखत हुन सकेको छैन। सोमबार बिहान शव भेटिएको थियो। 

दक्षिणकाली नगरपालिका ५ स्थित पुरानो दक्षिणकालीको शेषनारायण जंगलमा अन्दाजी  २१/२२ को पुरुष र महिला मृत अवस्था फेला परेका थिए। घटनाको जानकारी पाएपछि उपत्यका प्रहरी अनुसन्धान कार्यालय, प्रहरी बृत्त कीर्तिपुर र इप्रका फर्पिङबाट प्रहरी अधिकृतसहितको अपराध अनुसन्धान टोली खटिएको थियो।

घटनास्थल नजिकैबाट  प्रहरीले दुई वटा बिषादीको बट्टा समेत फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

त्यस्तै महिलाले लगाउने कपडासहितको जेब्रा झोला, सिम कार्ड झिकिएको मोबाइल फोन, सिम कार्ड, फेन्टाको दुई वटा खाली बोतल, पानीको बोतलमा आधा भरिएको अवस्थामा फेन्टा जस्तो देखिने तरल पदार्थ समेत भेटिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell