PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

मंगलबारदेखि उपत्यकाको फोहोर उठ्नेः यस्तो छ मन्त्रालय, महानगर र प्रभावित पालिकाबीचको सहमति 



पहिलोपोस्ट

मंगलबारदेखि उपत्यकाको फोहोर उठ्नेः यस्तो छ मन्त्रालय, महानगर र प्रभावित पालिकाबीचको सहमति 
फाइल फोटो

काठमाडौंः विवादका कारण लामो समयदेखि थुप्रिएको उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ। सहरी विकास मन्त्रालय, महानगरपालिका तथा आन्दोलनरत पक्षका तर्फबाट स्थानीय पालिकाबीच भएको सहमति अनुसार मंगलबारदेखि फोहोर उठाइने भएको हो। 

जनप्रतिनिधिको रोहबरमा सोमबार सहमति भएको हो। 

सहमतिमा शहरी विकास मन्त्रालयका बञ्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनीबेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल लगायतले हस्ताक्षर गरेका छन्। ककनी गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले समझदारीमा हस्ताक्षर गरेकी छिन्। 

त्रिपक्षीय सहमति शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल तथा स्थानीय पालिकाका प्रमुख/उपप्रमुखको रोहबरमा भएको हो।  

सहमतिमा मन्त्रालय, काठमाडौं महानगर र प्रभावित क्षेत्र तीनै पक्षले आ-आफ्ना प्रतिवद्धता जनाएका छन्। 

मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा ल्याण्डफिल साइट क्षेत्रमा सडक, नदी नियन्त्रण तथा वृक्षारोषण लगायतमा एक करोड ७० लाख रुपैयाँ विनियोजन गरेको उल्खेख छ। वातावरणीय प्रभाव मूल्याङ्कनपछि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने मन्त्रालयले प्रतिवद्धता जनाएको छ। यस्तै प्रभावित क्षेत्रका जनताका लागि दश बेडको अस्पताल निर्माणमा स्वास्थ्य मन्त्रालयलाई पहल गर्ने प्रतिवद्धता पनि शहरी विकासले जनाएको छ। 

यस्तै, काठमाडौं महानगरले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा गर्ने प्रक्रिया एक साताभित्र थालनी गर्ने प्रतिवद्धता जनाएको छ। प्रभावित क्षेत्रका वडालाई दिँदै आएको अनुदानलाई निरन्तरता दिने प्रतिवद्धता पनि महानगरले गरेको छ। दूर्गन्धित क्षेत्रलाई रसायनिक र जैविक विधिबाट उपचार गर्ने कार्य दश दिनभित्र सुरु गर्ने प्रतिवद्धता पनि महानगरले जनाएको छ। 

साउन १ गतेदेखि फोहोरलाई स्रोतमै बर्गीकरणको प्रतिवद्धता पनि सहमतिमा महानगरले गरेको छ। 

यस्तै, प्रभावित धुनीबेशी तथा ककनी गाउँपालिकाले मंगलबारदेखि फोहोर बिसर्जनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell