PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बराबरीमा रोकिए फ्रान्स र क्रोएसिया



पहिलोपोस्ट

बराबरीमा रोकिए फ्रान्स र क्रोएसिया
Photo: UEFA

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा फ्रान्स र क्रोएसिया बराबरीमा रोकिएका छन्। क्रोएसियास्थित पोलजुड स्टेडियममा सम्पन्न खेलमा फ्रान्स र क्रोएसिया १-१ गोलको बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रान्सले अग्रता बनाएको थियो। फ्रान्सका लागि खेलको ५२ औं मिनेटमा एड्रिएन रबिओटले गोल गर्दै अग्रता दिलाए। तर, ८३ औं मिनेटमा फ्रान्सका जोनाथन क्लउसले फउल गरेपछि क्रोएसियाले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो। जसलाई सदुपयोग गर्दै एण्ड्रेज कर्मारिकले गोल गरे। र, खेल बराबरीमा रोकियो।

त्यस्तै गएराति नै सम्पन्न समूह ए को अर्को खेलमा डेनमार्कले अस्ट्रियालाई हराउँदा फ्रान्स र क्रोएसिया दुबै दबाबमा परेका छन्। समूहको दोस्रो चरणको खेल सकिँदा शीर्षस्थानमा ६ अंक जोडेको डेनमार्क छ भने दोस्रो स्थानमा ३ अंक जोडेको अस्ट्रिया छ। तेस्रो र चौथो स्थानमा १ अंक जोडेका फ्रान्स र क्रोएसिया छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell