PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

काठमाडौंको धोबी खोलामा पुरुषको शव भेटियो



पहिलोपोस्ट

काठमाडौंको धोबी खोलामा पुरुषको शव भेटियो

काठमाडौं : काठमाडौंको धोबी खोलामा पुरुषको एक शव भेटिएको छ।

सुकेधाराबाट कपन जानेबाटोमा ढलाने पुल नजिकै शव भेटिएको हो। खोलामा डुबेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरी घटनास्थलमा पुगिसकेको छ। शव जाँच मुचुल्का उठाएर पोस्टमार्टमको लागि अस्पताल पठाएर थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ। सोमवार बिहान मात्र काठमाडौंको फर्पिङमा एक युवक र युवतीको शव भेटिएको थियो। अहिले यस घटनाको पनि अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell