PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

डोमिनिकन रिपब्लिकका वातावरण मन्त्रीको हत्या, बाल्यकालका साथीले कार्यालयमै पुगेर गोली प्रहार



पहिलोपोस्ट

डोमिनिकन रिपब्लिकका वातावरण मन्त्रीको हत्या, बाल्यकालका साथीले कार्यालयमै पुगेर गोली प्रहार
Photo :Loop News

डोमिनिकन रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोत मन्त्री ओर्लान्डो जोर्गे मेराको गोली हानी हत्या गरिएको छ। मन्त्रीको कार्यकक्षमा बैठक भइरहँदा उनीमाथि गोली प्रहार भएको बीबीसीले उल्लेख गरेको छ।

मेरामाथि गोली चलाउने मिगुल क्रुज उनकै बाल्यकालका मिल्ने साथी भएको अधिकारीहरुले बताएका छन्। प्रहरीले क्रुजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। हत्याको उद्देश्य सार्वजनिक भएको छैन।

मेराको परिवारले एक वक्तव्य जारी गर्दै उनीमाथि धेरैपटक गोली प्रहार गरिएको बताएको छ। मेरामाथि ६ पटक गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन्। मेरा पूर्व राष्ट्रपति सालभाडोर जोर्गे ब्लान्कोका छोरा र सत्तारुढ मोर्डन रिभोलुस्नरी पार्टीका संस्थापक सदस्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell