PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र : रेशम चौधरीलाई रिहाईको माग



पहिलोपोस्ट

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र : रेशम चौधरीलाई रिहाईको माग
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष महन्थ ठाकुरले ज्ञापनपत्र बुझाएको हो।

लोसपाले नागरिक विधेयक लगायतका विभिन्न मुद्दाहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको जनाएको छ।

'संविधान अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धि हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने,' ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ।

त्यसैगरी, लोसपाले जेलमा रहेका नेता रेशम चौधरी लगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्नसमेत माग गरेको छ।

'मधेश आन्दोलन /थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्ने,' ज्ञापनपत्रको दोस्रो बुँदामा भनिएको छ।

ज्ञापनपत्रमा पार्टीले उठाइएका माग मुद्दाहरुको सन्दर्भमा विगतदेखि विभिन्न सरकारहरुसँग समझदारी र सम्झौता हुँदै आए पनि प्रतिबद्धतामा कुनै सम्बोधन नभएको उल्लेख गर्दै पुन: स्मरण गराउन ज्ञापनपत्र बुझाएको लोसपाले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell