PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

बर्दियामा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु, छानबिनको लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति बनायो



पहिलोपोस्ट

बर्दियामा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु, छानबिनको लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति बनायो
तस्विर : खबर बर्दिया

काठमाडौं : बर्दियाको मधुवन नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर २ मा सोमवार नबिना थारुको मृत्यु भएको हो।

बाघको आक्रमणबाट आजित भएका स्थानीयले प्रहरीसँग सुरक्षाको माग गर्दै सोमवार प्रर्दशन गरेका थिए। सोही प्रर्दशनलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर नबिनाको मृत्यु भएको हो।

मृत्यु भएपछि घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय छानबिन समिति बनाएको छ। गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएका छन्। ‍समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell