PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कार्यव्यवस्था परामर्श समितिमा बुधवारबाट शून्य समय संचालन गर्ने सहमति



पहिलोपोस्ट

कार्यव्यवस्था परामर्श समितिमा बुधवारबाट शून्य समय संचालन गर्ने सहमति

काठमाडौं : कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शून्य समयलाई निरन्तरता दिने निर्णय गरेको छ। मंगलबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समय पनि संचालन गर्ने र बजेट पारित भइसकेपछि विशेष समय पनि संचालन गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले ठुला मन्त्रालयहरुको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि पर्याप्त समय छुट्याउने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।

‘मन्त्रालयहरुको विनियोजन विधेयकमा मन्त्रालयगत छलफल चल्नेछ। त्यो छलफललाई व्यवस्थित गर्नेगरी कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भयो। त्यसैगरी शून्य समय र विशेष समय संचालन गर्नको लागि पनि आजको एजेण्डामा छलफल भएको छ। भोलिदेखि सम्भवत्ः शून्य समय निरन्तर अगाडी बढ्छ। यो बजेट पास भइसकेपछि र बजेटको कार्यक्रम सकिसकेपछि विशेष समयलाई पनि संचालन गर्ने भन्नेकुरा समझदारी बनेको छ,’ उनले भने।

मंगलबारको प्रतिनिधि सभा बैठक सुरु भइसकेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell