PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

घनश्याम भुसालमाथि कारवाही बारे ईश्वर पोखरेल : पार्टी कमिटीको आन्तरिक एजेन्डा हो



पहिलोपोस्ट

घनश्याम भुसालमाथि कारवाही बारे ईश्वर पोखरेल : पार्टी कमिटीको आन्तरिक एजेन्डा हो

काठमाडौं :नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए। उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात मात्र निर्णय लिइने बताएका हुन्।

‘कुनैपनि चिज कमिटीमा छलफल हुन्छ। यदी कुनै विषय हो भने कमिटीमा आउँछ। छलफल हुन्छ। कमिटीले निर्णय गर्छ। बाहिर जसरी सुन्छु नि मैले, म न्यूजहरु हेर्छु, पढ्छु। मलाई पनि अचम्म लागेको छ। केही इस्यु कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोलि विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेन्डा हो यो। बाहिर पब्लिक कन्जम्सनको विषय होइन नि यो। त्यो विषय त छलफल गरौँला नि कमिटीमा हामी।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell