PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाघबाट बचाउ भन्दा गोली चलेको प्रकरण : गृहमन्त्रीमाथि संसदमा प्रश्नैप्रश्न, गोली चलाउन आदेश दिने व्यक्ति बारे अनभिज्ञ खाण



पहिलोपोस्ट

बाघबाट बचाउ भन्दा गोली चलेको प्रकरण : गृहमन्त्रीमाथि संसदमा प्रश्नैप्रश्न, गोली चलाउन आदेश दिने व्यक्ति बारे अनभिज्ञ खाण

काठमाडौं : बर्दियाको मधुवन नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर एक किशोरीको मृत्यु भएको घटनामा दोषी देखिए कारबाही गर्ने गृहमन्त्री खाणले बताएका छन्। प्रतिनिधिसभामा उठेका प्रश्नहरुको जवाफ दिंदै खाणले घटनाबारे छानबिन गर्न समिति गठन भइसकेको र गल्ती देखिए कारबाही गर्ने बताएका हुन्।

सोमबार प्रहरीको गोली लागेर वडा नम्बर २ मा सोमवार नबिना थारुको मृत्यु भएको थियो। बाघको आक्रमणबाट आजित भएका स्थानीयले प्रहरीसँग सुरक्षाको माग गर्दै सोमवार प्रर्दशन गरेका थिए। सोही प्रर्दशनलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर नबिनाको मृत्यु भएको हो।

सांसदहरुको प्रश्नको जवाफ दिँदै खाणले भने, 'कुन अवस्थामा गोली चल्यो ? गोली चलाउने आदेश कसले दियो? त्यसको बारेमा यथार्थ सत्य तथ्य विवरणपछि आवश्यक कारबाही हुनेछ।' 

संसदमा सांसदहरुले गृहमन्त्रीलाई गोली चलाउनुको कारण बारे प्रश्न गरेका थिए। एमाले सांसद एवम् पूर्व गृहमन्त्रीले खगराज अधिकारीले गोली चलाउने आदेश दिएको व्यक्ति बारे गृह मन्त्रीलाई थाहा छैन भनेर प्रश्न गरेका थिए। यस्तै, सांसद गंगा चौधरीले थारुहरुको आन्दोलनमा मात्र किन गोली चल्छ भनेर प्रश्न गरेकी थिइन्। सांसदहरुले गृहमन्त्रीलाई नै गोली चलाउन आदेश दिने व्यक्ति बारे थाहा नभएको भन्दै आलोचना गरेका थिए।

घटना भएको क्षेत्रमा बन्यजन्तुको आक्रमणबाट बचाउन तारबार लगाउन निर्देशन समेत दिएका छन्। मृत्यु भएपछि घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय छानबिन समिति बनाएको छ। गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएका छन्। ‍समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell